काठमाडौं – हिमालयन बैंक लिमिटेडको सहायक कम्पनीका रुपमा हिमालयन क्यापिटल लिमिटेडले कार्तिक १५ अर्थात शुक्रबार देखि कारोबार सुरु गरेको छ।
लिमिटेडको एक कार्यक्रमका बीच बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले उद्घाटन गरे। हिमालयन बैंकको पूर्ण स्वामित्व रहेको हिमालयन क्यापिटलले ग्राहकका लागि मर्चेन्ट बैैंकिङ तथा इन्भेस्टमेन्ट बैंकिङ सेवा प्रदान गर्ने जनाइएको छ।
क्यापिटलको चुक्ता पुँजी २० करोड रहेको छ। नेपाल धितोपत्र बोर्डले क्यापिटललाई गत श्रावण २६ गते सम्पूर्ण मर्चेन्ट बैंकिङ कारोबारका लागि इजाजत प्रदान गरेको थियो।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष श्रेष्ठले पुँजी बजारमा आएका सकारात्मक परिवर्तन र बजारको दायरामा भएको वृद्धिलाई आत्मसात गर्दै ग्राहकको सेवामा कम्पनी पूर्णरुपमा समर्पित हुने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४