शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेप्सेले गरेको बर्गिकरणमा एउटा कम्पनी मात्र ‘ए’ बर्गमा 

नेप्सेले गरेको बर्गिकरणमा एउटा कम्पनी मात्र ‘ए’ बर्गमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल स्टक एक्सचेन्जले(नेप्से)ले सूचीकृत कम्पनीहरूको वर्गीकरण गरी सार्वजनिक गरेको छ।

नेप्सेले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा कम्पनीहरुको अवस्थालाई केलाएर चार बर्गमा बर्गिकरण गरेको हो। नेप्सेले पहिलो त्रैमासको लागि १४४ कम्पनीको वर्गिकरण गरेको हो। 

‘ए’ बर्गमा पर्नको लागि संस्थाको कम्तिमा एक अर्बको चुक्तापुँजी भएको, नेप्सेमा सुचिकृत भएको तीन बर्ष पुगेको, तीन आर्थिक बर्षसम्म लगातार नाफामा रही लाभांस वितरण गरेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ प्राप्त गरेको , नियमनकारी निकायले तोेके बमोजिम ढाँचामा वितिय विवरण राखेको र आर्थिक बर्ष समाप्त भएको छ महिनाभित्र साधारणसभा सम्पन्न गरेको हुनुपर्नेछ। 

नेप्सेले पहिलो त्रैमासका लागि सनराइज बैंक मात्र ‘ए’ बर्गमा परेको जनाएको छ।  

त्यस्तै ‘वि’बर्गमा पर्ने कम्पनीको लागि पचास करोड चुक्तापुँजी भएको, धितोपत्र सुचिकरण भएको तीन बर्ष पुरा भएको र दुई बर्ष नाफा गरेको,क्रेडिट रेटिङबाट औषत भन्दा एक तह मुनी रेटिङ भएको सन्चित नोक्सानी नरहेको र आर्थिक बर्ष समाप्त भएको ६ महिना भित्र बार्षिक साधारणसभा सम्पन्न गरेको हुनुपर्छ।

यस आर्थिक बर्षको पहिलो त्रैमासमा म्याग्दी पावर कम्पनी मा ‘वि’ बर्गमा परेको जनाएको छ। 

त्यस्तै ‘जि’ बर्गमा नेप्सेमा सुचिकृत कम्पनीमध्ये ३६ वटा कम्पनीमात्र परेका छन्। धितोपत्र सूचीकरण विनयमावली,२०७५ को विनियम ११ को ग अनुसार सूचीकृत भएको दुई बर्ष पुरा नभएसम्म सो संस्थाहरु ‘जि’ बर्गमा पर्दछन्। ‘जि’ बर्गमा परेका अधिांस संस्थाहरु नेप्सेमा सुचिकृत भएको दुई बर्ष पुगेको छैन। 

त्यस्तै बाँकी ११६ कम्पनीहरु ‘जेड’ बर्गमा परेका छन्। धितोपत्र सूचीकरण विनयमावली,२०७५ को विनियम ११ को खण्ड क, ख, र ग बमोजिम नपरेका सम्पुर्ण कम्पनीहरु ‘जेड’ बर्गमा पर्ने व्यवस्था गरिएको छ। ‘जेड’बर्गमा २६ वटा बाणिज्य बैंक लगायत धेरै राम्रा देखिएका कम्पनीहरु समेत परेका छन्। 

नेप्सेले उक्त सूचीमा परेका कम्पनीलाई चित्त नबुझे ३५ दिनभित्र प्रमाणसहित निवेदन दिन सक्ने पनि जनाएको छ।

यस्ताे छ नेप्सेकाे बर्गिकरण

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्