शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दीर्घकालिन लगानीकर्ता जुर्मुराउँदा नेप्से परिसूचक र कारोबार बढ्यो

दीर्घकालिन लगानीकर्ता जुर्मुराउँदा नेप्से परिसूचक र कारोबार बढ्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक (नेप्से) ६.३ अंकले उकालो लागेको छ। यसदिन दिनभर १२ लाख कित्ता ३२ करोड ७६ लाख रुपैयाँमा किनबेच भएको छ।
 
दसैंपछि २० करोडभन्दा माथिको कारोबार हुन नसकेको सेयर बजारमा तिहारपछि बजार बढ्ने संकेत पाएपछि साताको अन्तिम दिन सेयर बजारमा किन्नेहरु बढीरहेका छन्। थोरै रकममा राम्रा कम्पनीहरुको सेयर पाएपछि दीर्घकालिन लगानीकर्ताहरुले लाभांस सुरक्षित गर्नका लागि सेयर किनिरहेका छन्।
 
यसदिन निर्जिवन बीमा बाहेक सबै समूहगत परिसूचक उकालो लागेको छ। बिहीबार बैंकिङ समूहको ६.६३, होटल्स १२.४६, विकास बैंक ५.८,जलविद्युत १.५७, फाइनान्स ५.७१, उत्पादनमूलक १६.५३, अन्य ८.५१,लघुवित्त ६.३८, जीवन बीमा २१.५१ र म्यूचुअल फन्ड ०.०३ अंकले उकालो लागेको छ।
 
यसदिन सबैभन्दा बढी कारोबार हुने कम्पनीहरुमा बाणिज्य बैंक नै परेका छन्। बिहीबार माछापुच्छ्रे बैंकको मात्रै ७ करोड १० लाख रुपैयाँको कारोबार भएको छ।  त्यस्तै एनआईसी एसिया, प्रभु बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, रसुवागढी हाइड्रोपावर र मेगा बैंकको एक करोड रुपैयाँ भन्दा माथिको कारोबार भएको छ।

बिहीबार भ्याली हाइड्रोपावरका शेयरधनीहरुले सबैभन्दा धेरै ८.३३ प्रतिशतले कमाएका छन्। यसदिन अरुण कावेली हाइड्रो पावरका लगानीकर्ताले सबैभन्दा धेरै ५.७९ अंकले गुमाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्