काठमाडौं - लक्ष्मी बैंकले सञ्चालन गरेको माई कार्ड आइडियाज नामक क्राउडसोर्सिङ् प्रतियोगिताको विजेता घोषणा गरिएको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत विजेता घोषणा गरिएको हो।
एक महिनासम्म चलेको प्रतियोगिताबाट प्राप्त डिजाइनहरुबाट निर्णायक टिमले टीशा श्रेष्ठलाई विजेता घोषित गरेको छ। श्रेष्ठले साढे तीन लाख प्राप्त गरेकी छिन्।
क्राउडसोर्सिङ्को अवधारणामा यस्तो प्रतियोगिता गर्ने लक्ष्मी बैंक पहिलो हो। प्रतियोगितामा सातै प्रदेशका विविध सांस्कृतिक सम्पदा र प्राकृतिक सुन्दरता झल्काउने अवधारणासहितको बैंकको नयाँ भिसा कार्डको डिजाइन आह्वान गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४