शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • 'कर्पोरेट सुपर सिक्सेस'को मुख्य प्रायोजकमा माछापुच्छ्रे बैंक 

'कर्पोरेट सुपर सिक्सेस'को मुख्य प्रायोजकमा माछापुच्छ्रे बैंक 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – डिसेम्बर १८ देखि २३ तारिकसम्म काठमाडौंमा आयोजना हुने कर्पोरेट सुपर सिक्सेस सिजन ६ को मुख्य प्रायोजकको रुपमा माछापुछ्रे बैंक रहने भएको छ। 

मंगलबार आयोजित पत्रकार सम्मेलनमा माछापुछ्रे बैंक र प्रतियोगिताको आयोजक एसएस इभेन्ट म्यानेजमेन्ट बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा एसएस इभेन्ट म्यानेजमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौतापछि यो वर्ष प्रतियोगिताको नाम माछापुछ्रे बैंक कर्पोरेट सुपर सिक्सेस रहनेछ। प्रतियोगितामा विभिन्न २४ कर्पोरेट टिमको सहभागिता रहेको छ। खेल पाँच–पाँच ओभरको हुनेछ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्