काठमाडौं- सनराइज बैंक लिमिटेडले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गर्न स्वीकृति पाएको छ।
नेपाल धितोपत्र बोर्डले गत असोज २९ गते ऋणपत्र जारी गर्न स्वीकृति दिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैंकले एक हजार अंकित मूल्यको सात वर्ष भुक्तानी अवधि तथा १०.२५ ब्याजदर ऋणपत्र जारी गर्न लागेको हो।
बैंकले १ अर्ब २० करोड रूपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासनको माध्यमबाट बिक्री गर्ने र १ अर्ब ८० करोड रूपैयाँको १८ लाख कित्ता ऋणपत्र परिपत्र विधिबाट संस्थागत÷व्यक्तिलाई विक्री गर्ने जनाएको छ।
ऋणपत्र बैक तथा वित्तीय संस्थामा धितो राखी कर्जासमेत लिन सकिने विज्ञप्तिमा उल्लेख छ।
हाल चुक्ता पुँजी ८ अर्बभन्दा बढी रहेको बैंकले जनाएको छ। बैकले १२२ शाखा, ३८ शाखारहित बैंकिङ सेवा, ६ एक्सटेन्सन काउन्टर, १४२ एटीएममार्फत् आफ्ना ६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४