शनिबार, साउन ३०, २०८३

सिटिजन लाइफको वार्षिक साधारण सभा सम्पन्न

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीले बुधबार होटल हिमालयमा साधारणसभा सम्पन्न गरेको हो। 

साधारणसभामा विविध विषयहरुमा छलफल हुनुका साथै विभिन्न प्रस्तावहरुसमेत पारित भएका छन्। पारित प्रस्तावहरुमा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफानोक्सान हिसाब, आयव्यय हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण रहेका छन्। 

सभामार्फत कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७५÷०७६ को लेखा परीक्षण कार्यको लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय भएको छ। यसै सभाबाट कम्पनीकोे सञ्चालक समितिको रिक्त एक पदमा दिपप्रकाश पाण्डे निर्विरोध निर्वाचित भएका छन्।

कम्पनीले सर्वसाधारणका लागि ७५ करोडको  शेयर निष्काशनसमेत गर्ने निर्णय गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्