शनिबार, साउन ३०, २०८३

सिद्धार्थ बैंकको बैंकिङ साक्षरता कार्यक्रम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा भक्तपुरको कमलविनायकमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

साना तथा मझौला व्यापारीलाई विशेष गरी बैंकिङ कर्जा सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकले जानकारी दिएको छ। उक्त कार्यक्रमको बुधबार एक कार्यक्रमकाबीच समापन गरिएको हो।

कार्यक्रममा त्यस क्षेत्रका ४० भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए। देशभर सबै क्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनहरुमा पनि बैंकले यस किसिमका वित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्