शनिबार, चैत ११, २०७९
  • गृहपृष्ठ
  • अर्थ
  • १० दशमलव १३ अंकले बढ्यो नेप्से, झन्डै दोब्बरले कारोबार

१० दशमलव १३ अंकले बढ्यो नेप्से, झन्डै दोब्बरले कारोबार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
काठमाडौं - सेयर बजार परिसूचक मंगलबार पनि उकालो लागेको छ। केही लगानीकर्ताहरुले गत साता नै सेयर बिक्री गरी दशै खर्च जोहो गरेका छन्। जसका कारण गत साता बजार ओरालो लागेको थियो। अब भने लाभांस पाउनको लागि सेयर किन्नेहरु बढेपछि बजार बढ्न थालेको हो।

मंगलबार बजार १०.१३ अंकले उकालो लागेर ११४५.६९ अंकमा अडिएको छ। यसदिन कारोबार रकम पनि सोमबारको तुलनामा करिब दोब्बरले बढेको छ। सोमबार १६ करोड ८८ लाख रुपैयाँ मात्र कारोबार भएको बजारमा मंगलबार ३१ करोड १४ लाख रुपैयाँ कारोबार भएको छ।
 
बजारमा बिक्रीको दबाब कम हुँदा सोमबार र मंगलबार गरी २० अंकले बजार बढेको छ। मंगलबार केही कम्पनीले राम्रो लाभांस घोषणा गरेका छन्। यसदिन ग्लोबल आईएमई बैंकले २५.५ प्रतिशत लाभांस घोषणा गरेको छ। तर, उसको मर्जरका कारण दोस्रो बजारमा कारोबार रोक्का रहेको छ।

यसदिन यसैगरी ओरियन्टल होटल, शिवम् सिमेन्ट र युनिलिभरले निक्कै राम्रो लाभांस प्रस्ताव गरेका छन्। मंगलबार १६४ कम्पनीका १३ लाख ८६ हजार कित्ता सेयर कारोबार भयो।
 
यसदिन धेरै कारोबार हुने कम्पनीमा नेपाल बंगलादेश बैंकको प्रमोटर सेयर, शिवम् सिमेन्ट, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक रहेका छन्।
 
त्यस्तै यसदिन सबैभन्दा धेरै कमाउनेमा सिनर्जी पावर डेभलपमेन्ट, युनाइटेड फाइनान्स, रिलायन्स फाइनान्सका लगानीकर्ता रहेका छन् भने धेरै गुमाउनेमा सप्तकोसी डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, ओरेन्टल होटल्सका लगानीकर्ता रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४

थप समाचार

मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो।

१२औं जनगणना प्रतिवेदन सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो 

अन्तिम जनगणनाअनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ र महिला १ करोड ४९ लाख ११ हजार २७ रहेका छन्।

६ महिनामा विदेश रोजगारीमा गएका ६१२ ले गुमाए ज्यान

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारमा गएका ६१२ जनाले ज्यान गुमाएको तथ्यांक बोर्डले सार्वजनिक गरेको हो।