आइतबार, कात्तिक १, २०८३

जनरल इन्स्योरेन्सले ३० करोडको आईपीओ जारी गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - जनरल इन्स्योरेन्स कम्पनीले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ। आईपीओ जारीको लागि कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटललाई नियुक्त गरेको छ।
 
कम्पनीको गत साउन २९ गतेको वार्षिक साधारणसभाले इन्स्योरेन्सले हाल कायम जारी पूँजी रु एक अर्ब रूपैयाँको ३० प्रतिशत अर्थात् ३० करोड रुपैयाँ बराबरको आईपिओ जारी गर्ने निर्णय पारित गरेको थियो।
 
शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एसके टमोट र एनआईबिएल एस क्यापिटल तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका हुन्।

सर्वसाधारणहरुलाई ३० करोड रुपैयाँ बराबरको सेयर निष्काशन गरी बाँडफाँड गरेपछि जनरल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्नेछ। हाल कम्पनीको अधिकृत पूँजी २ अर्ब, जारी पूँजी रु १ अर्ब र चुक्ता पूँजी ७० करोड छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्