आइतबार, साउन ३१, २०८३

सिटिसी मलमा दशैं अफर : गल्फ खेल्दा मोबाईल फ्रि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सिटिसी मोबाइल हब सुन्धाराले दशैंको अवसर पारेर अफरै अफर सहित मोबाइल मेला सञ्चालन गरिरहेको छ। अघिल्लो आइतबारबाट सुरु भएको मोबाइल मेलामा मोबाइल खरिद गर्दा निशुल्क मोबाइल इन्स्योरेन्स सेवा पाइने मोबाइल हबले जनाएको छ। 

विभिन्न मोबाईल कम्पनीहरुसँगको सहकार्यमा सञ्चालित अफरै अफरसहितको मोबाईल मेलामा ६० प्रतिशतसम्मको छुटमा मोबाइल किन्न सकिने मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए। साथै बाई वान गेट वान फ्रि अफर मेलाको आकर्षण रहेको छ। 

मोबाइल मेलामा मेरो सुरक्षासँगको सहकार्यमा निशुल्क मोबाइल बीमाको समेत व्यवस्था गरिएको छ । यसबाट मोबाइल चोरी हुने, फुट्ने वा कुनै किसिमको समस्या आएमा तत्काल सेवाग्राहीले त्यसको समाधान पाउने राईले बताए। मेलामा आउने ग्राहकका लागि निशुल्क पार्किङको व्यवस्था गरिएको पनि मेलाको आयोजकले जनाएको छ। 

त्यसैगरी हरेक मोबाइलको खरिदमा सिनेमाको टिकट निशुल्क बितरण हुनेछ भने गल्फमा सहभागी भई २ स्कोर गरे साधारण मोबाईल, ३ स्कोर गरे आफुले खरीद गरेको मोबाईलमा ५० प्रतिशत छुट र ४ स्कोर गरे खरीद गरेको मोबाइल निशुल्क पाइनेछ।

हरेकदिन मेला अवलोकनकर्ता मध्येबाट लक्कि ड्र मार्फत एक जनाले स्मार्ट फोन जित्न सक्ने छन् भने हरेक मोबाईलको खरिदमा ग्राहकले हात खÞाली नजाने उपहार समेत पाउनेछन्। 

असोज ५ गतेबाट कार्तिक १६ सम्ममा मोबाईल खरिद गर्ने सबै ग्राहकलाई लक्की ड्रमा सहभागी गराईने छ। जसको प्रथम पुरस्कार यामाहा को रे जेट आर स्कूटर, दोस्रो पुरस्कारमा एक जनालाई बाली भ्रमणको प्याकेज र तेस्रो पुरस्कार डेलको एउटा ल्यापटप रहेको छ।

मोबाइल मेला दशैंको फूलपातीका दिनसम्म सञ्चालन हुनेछ भने अफरहरु कार्तिक १६ गतेसम्म लागू हुनेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्