आइतबार, साउन ३१, २०८३

दसैँको मुखमा दोहोरो अंकले बढ्यो नेप्से

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- दसैँको मुखमा सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ।

सोमबार बजार परिसूचक (नेप्से) १०.४२ अंकले बढेर ११३५.५६ अंकमा अडिएको छ। यसदिन अन्य बाहेक सबै परिसूचक बढेको छ।

सोमबार बैंकिङ समूहको ९.८१ अंक, होटलल्स ४९.०२ अंक, विकास बैंक ९.८९ अंक, जलविद्युत २०.१८ अंक, फाइनान्स ३.१७ अंक, निर्जीवन बीमा ६६.४९ अंक, उत्पादनमूलक ३८.८९ अंक, लघुवित्त कम्पनीहरुको १० अंक र जीवन बिमा कम्पनीको ७१.८६ अंकले बढेको छ।

अन्य समूहगत उपसुचक भने ६.८२ अंकले घटेको छ। 

यसदिन कारोबार रकम भने १६ करोड ८८ लाखमा खुम्चिएको छ। सोमबार सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा सनराइज बैंक, प्रभू बैंक, नेपाल बैंक र सानिमा बैंक रहेका छन्।

सोमबार सबैभन्दा धेरै सान्जेन जलविद्युत कम्पनी, युनियन हाइड्रोपावरक कम्पनी,जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, तिनाउ मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै कमाएका छन् भने गुमाउनेमा माउन्टेन हाइड्रो कम्पनी, आँखुखोला जलविद्युत कम्पनी, सानिमा बैंकका लगानीकर्ता रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्