आइतबार, कात्तिक १, २०८३

आजबाट नयाँ नोट सटही : कहाँ कहाँबाट साट्न पाइन्छ ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)देखि नयाँ नोट साट्ने सुविधा दिने भएको छ ।

आजबाट राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंकलगायतका बैंंकबाट १७ गतेसम्म नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो । 

आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि नयाँ नोट साट्न सकिने रष्ट्र बैंकले जनाएको छ। एक व्यक्तिले ५, १०, २०, ५० र १०० दरका नोट एक÷एक पाकेट गरी बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट साट्न पाउने जनाइएको छ । 

रष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र विराटगनर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका प्रदेश कार्यालयबाट पनि नोट सहटी सुविधा लिन सकिनेछ।

यसबाहेक काठमाडौं उपत्यकामा नेपाल बैंकका न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट पनि नोट सटहीको व्यवस्था मिलाइएको छ ।। 

राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा, सिंहदरबार परिसर, टेकु, नयाँबानेश्वर, सानो थिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट सटही सुविधा पाइनेछ। कृषि विकास बैंकको पनि गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नोट सटही सुविधा पाइन्छ।

अन्य बैंक तथा वित्तीय संस्थालाई पनि आंशिक मात्रामा नयाँ नोट उपलब्ध गराउने भएकाले आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि नोट साट्न पाइने सुविधा दिइएको राष्ट्र बैंकले जारी गरको वक्तव्यमा उल्लेख छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्