शुक्रबार, साउन २९, २०८३

नक्सालमा सुजुकीको शोरुम शुभारम्भ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सिजी अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजी होल्डिङ्ग्स तथा सुजुकी फोर ह्वीलर्स नेपालले काठमाडौंको नक्सालमा आधिकारिक शोरुमको शुभारम्भ गरेको छ।

शोरुमको सुजुकी मोटर कर्पोरेशन जापानका प्रबन्ध अधिकारी किन्जी साइतो तथा सिजी होल्डिङ्ग्सका अध्यक्ष अरुण चौधरीले सामूहिक रुपमा उद्घाटन गरेका हुन्।

विश्वस्तरको उक्त शोरुम ४ हजार ४५४ स्क्वायर फिट क्षेत्रमा फैलिएको छ। शोरुममा अत्याधुनिक ग्राहक लन्ज, मिटिङ एरिया, एक्स्चेन्ज सुविधा तथा फाइनान्स सुबिधानका लागि पर्याप्त क्षेत्र राखिएको छ।

अन्तर्राष्ट्रिय सुजुकी ब्राण्डको निर्देशनअनुसार निर्माण गरिएको शोरुममा हालै बजारमा आएका स्मार्ट हाइब्रिड गाडीहरु रेन्जहरु, स्क्रस, सियाज, एर्तिजा तथा एक्सएल सिक्स उपलब्ध रहेका छन्।

नेपालमा सुजुकीका ३७ स्थानमा सेल्स आउटलेटहरु छन् भने ३९ स्थानमा सर्भिस सेन्टर तथा ३५० भन्दा बढी आधिकारिक पाटर््स आउटलेटहरु रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्