शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • देशको शोधनान्तर स्थिति बचतमा, निर्यात बढ्यो, मूल्य वृद्धि पनि बढ्यो 

देशको शोधनान्तर स्थिति बचतमा, निर्यात बढ्यो, मूल्य वृद्धि पनि बढ्यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काटमाडौं– १३ महिनादेखि ऋणात्मक अवस्थामा रहेको देशको शोधनान्तर स्थिति नयाँ आर्थिक वर्षको पहिलो महिनामा बचतमा गएको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थिति प्रतिवेदन अनुसार साउन मसान्तसम्ममा शोधनान्तर बचत रु. ६ अर्ब ५ करोड छ । 

चालु खाता घाटा पनि रु. २५ अर्बबाट घटेर साउन मसान्तसम्ममा रु. ९ अर्ब ३७ करोडमा सीमित भएको छ । 

मूल्यवृद्धि दर अघिल्लो वर्षको साउन महिनामा ४.१९ प्रतिशत रहेको मा अहिले ६.९५ प्रतिशत छ ।  सरकारले मूल्य वृद्धि दर ६.५ प्रतिशतसम्म हुने आकलन गरेको थियो । 

त्यसैगरी निर्यात २७.७ प्रतिशतले बढेको छ भने आयात अघिल्लो वर्षको यसै महिनाको तुलनामा ११.५ प्रतिशतले कम भएको छ । 

 रेमिटेन्स पनि अघिल्लो वर्षको यसै महिनाको तुलनामा २ प्रतिशतले बढेर ७५ अर्ब ४० करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चिति भने रु. १० खर्ब ६४ अर्ब ६४ करोड मात्र छ । यसले जम्मा ८.८ महिनाको मात्र आयात धान्न सक्छ ।

बैंकहरुको निक्षेप ०.४ प्रतिशतले कम भएको छ भने कर्जा लगानी ०.५ प्रतिशतले बढेको छ । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्