काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारी तथा फिन लिट नेपाल प्रालिसँगको सहकार्यमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। ईलामको फिक्कलमा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा साना तथा मझौला व्यापारीलाई विशेष गरी बैंकिङ कर्जा सम्बन्धी जानकारी दिइएको थियो। कार्यक्रममा त्यस क्षेत्रका ३५ भन्दा बढी साना तथा मझौला व्यापारीको सहभागीता भएको बैंकले जानकारी दिएको छ।
बैंकले आगामी दिनमा देशका विभिन्न क्षेत्रमा यस किसिमका कार्यक्रम सञ्चालन गर्दै जाने बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४