काठमाडौं– गत आर्थिक वर्षको नाफाबाट ५८ वटा कम्पनीहरुले लाभांस दिने घोषणा गरेका छन् ।
दशैं नजिकिदै गर्दा विभिन्न कम्पनीहरुले लाभांसको घोषणा गरिरहेका छन् । केही कम्पनीहरुले दसैं अगाडि नै लाभांस वितरण गर्दैछन् ।
लाभांस घोषणा गरेका कम्पनीहरुमा ८ वटा बाणिज्य बैंक, २८ वटा लघुवित्त कम्पनी, ७ वटा म्युचुअल फण्ड, दुई जीवन बीमा कम्पनी र एक निर्जीवन बीमा कम्पनी छन्।
त्यस्तै एक विकास बैंक, एक फाइनान्स कम्पनी, दुई उत्पादनमूलक कम्पनी र एक अन्य उपसमूहको कम्पनीले पनि लाभांसको घोषणा गरिसकेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
लाभांस घोषणा गरेका ८ वटा बाणिज्य बैंकहरुमा सिद्धार्थ बैंकले २५।२६, सानिमा बैंक २१।०५, एनआइसी एसिया बैंक २१।०५, बैंक अफ काठमाडौं १७, माछापुच्छ्रे बैंक १६, सनराइज बैंक १५।८०,
सिटिजन्स बैंक इन्टरनेशनल १५ र कुमारी बैंकले १०।०५ प्रतिशत लाभांश दिने भएका छन् । एनआइसी एसिया, सिटिजन्स बैंक र कुमारी बैंकले असोज १० गते नै साधारणसभा डाकेका छन् ।
ती बाणिज्य बैंकहरुका लगानीकर्ताले दशै अगाडि नै लाभांस पाउने छन् ।
त्यस्तै २८ वटा लघुवित्त कम्पनीहरुमा नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था, मिर्मिरे माइक्रोफाइनान्स विकास बैंक, सुर्योदय लघुवित्त वित्तिय संस्था, छिमेकी लघुवित्त विकास बैंक, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तिय संस्था रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
त्यसैगरी मेरो माइक्रो फाइनान्स वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तिय संस्था, नागवेली लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स वित्तीय संस्था, सुमित लघुवित्त वित्तीय संस्था, नेरुडे लघुवित्त विकास बैंक, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, चौतारी लघुवित्त वित्तीय संस्था, आरएसडीसी लघुवित्त वित्तीय संस्था, नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले पनि लाभांस घोषणा गरिसकेका छन् ।
त्यसैगरी इन्फिनिटि लघुवित्त वित्तीय संस्था, स्पर्श लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था, गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड, आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्था र गणपति वित्तीय संस्थाले लाभांस घोषणा गरिसकेका छन् ।
लुम्विनी विकास बैंक, जानकी फाइनान्स, नेशनल लाइफ इन्स्योरेन्स, फाइम लाइफ इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स,एभरेष्ट इन्स्योरेन्स, युनिलिभर नेपाल, हिमालयन डिस्टिलरी र नागरिक लगानी कोषले पनि लाभांस घोषणा गरिसकेको नेप्सेले जनाएको छ ।
त्यस्तै म्युचुअल फन्डले पनि लाभांस घोषणा गरिसकेका छन् ।
लक्ष्मी भ्यालु फन्ड, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड , सिद्धार्थ इक्वीटी फण्ड, एनआइसी एसिया ग्रोथ फन्ड, एनएमबी हाइव्रिड फण्ड, सिटिजन्स म्याचुअल फन्ड , एनआइवीएल संमृद्धि फन्डले पनि लाभांस घोषणा गरिसकेका छन् ।
म्युचुअल फण्डहरुले भने दशैंअघि नै लगानीकर्ताहरुलाई लाभांस दिने भएका छन् ।
विभिन्न म्युचुअल फण्ड व्यवस्थापनको जिम्मा मर्चेन्ट बैंकरहरुको छ र उनीहरुका लगानीकर्ता सीमित हुने हुँदा छिट्टै साधारणसभा हुने र लाभांस पनि छिट्टै नै बाँडफाँड हुने देखिएको छ ।
लाभांश घोषणा गरेका कम्पनीहरु मध्ये सबैभन्दा बढी युनिलिभिर कम्पनीले ७.७० प्रतिशत र सबैभन्दा कम गणपति फाइनान्स ७।३६ र नविल संवृद्धि फन्डले ६।५० प्रतिशत लाभांसको घोषणा गरेका छन्।
हाल नेपाल स्टक एक्सचेन्जमा २४२ वटा कम्पनीहरुले कारोबार गरिरहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४