शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • श्री एयरलाइन्सले ८५ वर्षमाथिका नागरिकलाई पाँच सयमै उडाउने

श्री एयरलाइन्सले ८५ वर्षमाथिका नागरिकलाई पाँच सयमै उडाउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– श्री एअरलाइन्सले जेष्ठ नागरिकको लागि हवाई भाडामा छुट दिने भएको छ । 

कम्पनीले सोमबार प्रेस विज्ञप्ति जारी गरी प्रति उडान दुई जना जेष्ठ नागरिकलाई हवाई भाडामा छुट दिने बताएको छ । 

कम्पनीका अनुसार ८५ वर्ष माथिका जेष्ठ नागरिकलाई जुनसुकै स्थानमा पनि प्रति उडान रु. ५०० मात्र लिइनेछ भने ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिइने श्री

एयरलाइन्सका कर्पोरेट प्रमूख अनिल मानन्धरले जानकारी दिए । हाल श्रीले देशका ६ स्थानमा उडान गर्दै आएको छ । 

श्रीले भद्रपुर, विराटनगर, राजविराज, भैरहवा, नेपालगन्ज र धनगढीमा उडान भर्दै आएको छ ।

सहुलियत टिकटको लागि कम्पनीको एप वा काउन्टरबाट टिकट किन्न सकिनेछ । यद्यपि, छुटको टिकटको लागि कम्पनीले विभिन्न शर्त राखेको छ । 

कम्पनीका अनुसार छुटमा काटिएको टिकट रद्ध गर्न पाइनेछैन र, वेलावेलामा कम्पनीले जारी गर्ने विशेष भाडामा पनि त्यस्तो छुट लागू नहुने कम्पनीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्