आइतबार, असोज १८, २०८३

सेयर बजारमा पहिरो, करिब ५० अंकले घट्यो नेप्से

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा पहिरो गएको छ। आइतबार बजार परिसूचक (नेप्से) ४९.१८ अंकले ओरालो लागेर ३०४४.८७ अंकमा अडिएको छ।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा पहिरो गएको छ। आइतबार बजार परिसूचक (नेप्से) ४९.१८ अंकले ओरालो लागेर ३०४४.८७ अंकमा अडिएको छ। 

बजार ओरालो लागेसँगै कारोबारमा पनि भारी गिरावट आएको छ। यस दिनको कारोबार रकम १५ अर्ब ६५ करोड रुपैयाँमा सिमित भएको छ। ओरालो लागेको बजारमा पनि आइतबार नारायणी विकास बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको सेयरमा भने सकारात्मक सर्किट लागेको छ । 

२८ कम्पनीको सेयर उकालो लागेको आइतबार १५७ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ। एउटा कम्पनीको सेयर मूल्य भने परिवर्तन भएको छैन।

बिहान ११ बजे कारोबार सुरु भएदेखि नै घट्न थालेको बजार २ बजेर २८ मिनेट जाँदा ३०४१ अंकसम्म आइपुगेको थियो। अन्तिम समयमा केही बढ्न थालेपछि पुनः ओरालो लागेर बजार बन्द भएको छ।

प्रकाशित: Aug 29, 2021| 15:49 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्