शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दशैंमा नयाँ नोट लिने सोच्दै हुनुहुन्छ ? यस्तो भन्छ राष्ट्र बैंक

दशैंमा नयाँ नोट लिने सोच्दै हुनुहुन्छ ? यस्तो भन्छ राष्ट्र बैंक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – यस पटकको दशैंमा एक व्यक्तिले १८ हजार ५ सय रुपैयाँ बराबरका नयाँ नोट मात्रै पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै नयाँ नोटको माग यस समयमा उच्च हुने भएकाले एक जनालाई पाँच, दश, बीस, पचास र सय गरी १८ हजार ५ सय बराबर मात्रै नयाँ नोट दिन सकिने बताएको छ। साथै सो भन्दा बढी आवश्यक हुनेलाई सुकिला नोट उपलब्ध गराइने बैंकले जनाएको छ। 

राष्ट्र बैंकले नयाँ नोट असोज १० गतेदेखि  १७ गतेसम्म राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग नेपालगञ्ज, पोखरा, धनगढी, विराटनगर, वीरगञ्ज, सिद्धार्थनगर  र जनकपुर तथा उपत्यका भित्रका  नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखा कार्यलयहरुबाट लिन सकिने जनाएको छ। साथै निजी क्षेत्रका विभिन्न वाणिज्य बैंक तथा वित्तीय संस्थाले पनि नयाँ नोट उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ।

यसैबीच राष्ट्र बैंकले नोटको सुरक्षामा ध्यान दिन पनि आग्रह गरेको छ। नोट हामी सबैको राष्ट्रिय सम्पत्ति भएको भन्दै बैंकले नोटमा टिका नलगाउन तथा केरमेट नगर्न आग्रह गरेको हो।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्