काठमाडौं – दशैंको अवसर पारेर काठमाडौंको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला सुरु भएको छ। इभेण्ट सोलुसन प्रालिको आयोजनामा सुरु भएको मेलाको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले उद्घाटन गरे।
मेला उद्घाटन गर्दै चेम्बर अध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्र चलायमान बनाउन समय समयमा आयोजना हुने एक्स्पो तथा मेलाले टेवा पुर्याउने बताए। इभेण्ट सोलुसनले वर्षेनी आयोजना गर्दै आएको मेलाले आमउपभोक्तालाई सस्तो मूल्यमा एकै छानामूनि सामान किन्ने अवसर प्रदान गर्ने उनले बताए।
चाड पर्वकाबेला सस्तो मूल्यमा एकै छानामूनी स्वदेशी तथा विदेशी सामानहरु उपलब्ध गराउनकालागि मेलाको आयोजना गरिएको हो। ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ सुरु स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४