शुक्रबार, साउन २९, २०८३

सिद्धार्थ बैंकद्वारा २५.२६ प्रतिशत लाभांश प्रस्ताव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा संचित रकम समेतबाट बैंकका शेयरधनीहरुलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
 
सोमबार बसेको सञ्चालक समितिको ३२३ औं बैठकले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १५.२६ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभाशंको कर प्रयोजनका लागि समेत) गरी कुल २५.२६ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

बैंकको हालको चुक्ता पूँजी आठ अर्ब ८८ करोड ७६ लाख ४ हजार पाँच सय ४० मा १० प्रतिशत बराबरको ८८ करोड ८७ लाख ६० हजार चार सय ५४ बोनस शेयर तथा १५.२६ प्रतिशत बराबरको एक अर्ब ३५ करोड ६५ लाख २९ हजार एक सय १४ नगद लाभांश प्रस्ताव गरेको हो। उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति पश्चात साधारण सभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्