शुक्रबार, साउन २९, २०८३

सुनको मूल्य निरन्तर ओरालो, आज ४ सय घट्यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- केही सातादेखि निरन्तर बढिरहेको सुनको मूल्य पछिल्ला केही दिनमा निरन्तर ओरालोमा छ।

आइतबार पनि सुनको मूल्य प्रतितोला ४ सय रुपैँयाले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला र तेजाबी सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो।

मूल्यमा गिरावट आएसँगै सुनको मूल्य प्रतितोला ७० हजार २०० रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाला सुन प्रतितोला ७० हजार ६०० रुपैयाँमा कारोवार भएको थियो।

त्यस्तै तेजाबी सुनको मूल्य आइतबार प्रतितोला ६९ हजार ९०० रुपैयाँ कायम भएको छ। शुक्रबार तेजाबी सुन प्रतितोला ७० हजार ३०० रुपैयाँमा कारोवार भएको थियो।

सुन भदौ २६ र २७ गते प्रतितोला रु २०० का दरले घटेको थियो। 

त्यस्तै आइतबार चाँदीको मूल्य घटेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला रु ३० ले घटेर प्रतितोला रु ८४० पुगेको छ। शुक्रबार चाँदी प्रतितोला रु ८७० मा खरीद–बिक्री भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्