काठमाडौं- नयाँ नेतृत्वका लागि नेपाल ओलम्पिक कमिटि (एनओसी) को निर्वाचन आज (शनिबार) हुँदैछ। निर्वाचन बिहान ८ बजेपछि ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा सुरु हुने छ।
नयाँ नेतृत्वको अध्यक्ष पदका लागी वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पुर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ।
५ उपाध्यक्षका लागि ८ जनाले प्रतिस्पर्धा गर्नेछन्। उपाध्यक्षमा ज्योति राणा, तेज बहादुर गुरुङ, पुष्प दास श्रेष्ठ, अशोक रत्न बज्राचार्य, सुनिल कुमार श्रेष्ठ, चतुरानन्द राज बैद्य, राजिब श्रेष्ठ र समिम मिया अन्सारीले उम्मेदवारी दिएका छन्।
१ महासचिव पदका लागि पुरेन्द्र बिक्रम लाखे र निलेन्द्र राज श्रेष्ठले उम्मेदवारी दिएका छन्।
उप-महासचिवमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतन कुमार टन्डन निर्विरोध भएका छन्। उप-महासचिव र कोषाध्यक्षमा एक एक जनाको मात्र उम्मेदवारी परेको हो। ३ सचिवका लागि केशब कुमार बिष्ट, रामजी श्रेष्ठ, दिपक हर्ष वज्राचार्य र तुलसी थापा प्रतिस्पर्धामा छन्।
त्यस्तै ७ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन्। सदस्यका लागि रमेश प्रसाद सिवाकोटी, राम अवाले, प्रकाश शमशेर राणा, गोपाल सुन्दर लाल कक्षपति, टाँसी घले, होम बहादुर दोङ, दिर्ग बहादुर केसी र मनोरंजन रमण शर्माले उम्मेदवारी दिएका छन्।
साधारण सभाले ४ वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४