बुधबारदेखि सुरु भएका सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोमा तीन दिनमा ४० हजारभन्दा बढीले अवलोकन गरेका छन् ।
फर्नेक्स २०१९ का संयोजक मनीष अग्रवालका अनुसार ५ दिनमा ७५ हजारभन्दा बढीले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १२० भन्दा बढी प्रदर्शकहरुको सहभागिता छ ।
किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण हुन् । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन पनि एक्स्पोमा प्रदर्शन गरिएको छ ।
नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा फर्नेक्स मेलाको आयोजना हुँदै आएको छ ।
एक्स्पो भदौ २९ गतेसम्म सञ्चालन हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४