बाल्ट्रा होम एप्लाइन्सेस्ले ‘दशैं ल्यायो’ योजना बजारमा ल्याएको छ ।
यो योजनाअन्तर्गत कम्पनीले बाल्ट्राको ठूला–साना एप्लाइन्सेस्को खरिदमा ‘लक्की ड्र’ मार्फत ५१ जना ग्राहकलाई आकर्षक उपहारका साथै एक वर्षको अतिरिक्त वारेन्टी समेत प्रदान गर्नेछ ।
बाल्ट्राको यस दशैं योजनाको ‘लक्की ड्र’ मा सहभागी हुन र अतिरिक्त वारेन्टी प्राप्तगर्नको लागि ग्राहकहरुले आफ्नो मोबाइलको मेसेज बक्समा BT <space> र वारेन्टी कार्डमा भएको सिरियल नम्बर टाईप गरी ३१००७ मा पठाउनु पर्नेछ ।
सहभागी ग्राहकमध्ये एक जनाले बाल्ट्राको ५५ इन्च स्मार्ट टीभी, दुई जनाले ४० इन्च टीभी तीन जनाले ३२ इन्च टीभी, पाँच जनाले साउण्ड बार, १० जनाले मिक्सर ग्राइन्डर र १५ जनाले राईस कुकर र १५ जनाले आइरन उपहारमा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४