शुक्रबार, साउन २९, २०८३

अमेरिका-चीन वार्ता सम्भावनापछि सुधार तर्फ शेयर बजार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बैंकक-अमेरिका र चीनबीच व्यापार वार्ता पुनः सुरु हुने समाचार सार्वजनिक भएलगत्तै शुक्रबार एसियाली शेयर बजारमा सुधार आएको छ । 

जापानको निक्की २२५ मा १.१ प्रतिशतले वृद्धि भई २१,९८९.२९ विन्दुमा पुगेको छ भने हङकङको हाङ सेङ पनि ०.६ प्रतिशत वृद्धि भई २७,२६२.८० विन्दुमा पुगेको छ।  सिड्नीको एसएन्डपी एएसएक्समा पनि सुधार भई ६,६६९.२० विन्दुमा पुगेको छ। 

शाङ्घाई, ताइवान र दक्षिण कोरियाको शेयर बजारमा भने विदाका कारण शुक्रबार कारोबार भएन। भारतको सेन्सेक्स ३७,०९२.८१ विन्दुमा रहेको छ। सिंगापुर, बैंकक र जकार्ताको शेयर बजारमा बृद्धि भए पनि मलेसियाको शेयर बजार घटेको छ।

अमेरिका र चीनबीच वार्ता हुने खबर सार्वजनिक भएलगत्तै गएराति वालस्ट्रिटको शेयर बजार बढेको थियो। 

अमेरिकाले चीनबाट आयात हुने सामानमा दुई साता अर्थात अक्टोबर १५ सम्म करबृद्धिमा ढिलाई गर्ने घोषणा गरेको थियो। तर विगतमा प्रयोगमा आइसकेका करहरु भने यथावत रहने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्