इटहरी– भवननिर्माण संहिता २०६० अनुसार सबै सार्वजनिक कार्यालयहरु अपांगता भएका व्यक्ति अनुकुल हुनु अनिवार्य भए पनि सुनसरीका अधिकांश कार्यालयहरु त्यस्ता छैनन् ।
सेवाग्रहीको भिड भइरहने सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु पनि अपांगता भएका व्यक्तिका लागि अप्ठ्यारा भएका बेला इटहरीस्थित हिमालयन बैंकले भने आफूलाई अपाङ्गता भएका व्यक्तिका लागि अनुकुल बनाएको छ ।
इटहरीको धरानलाइनमा रहेको बैंक भवनलाई ह्विल चेयर सहजै प्रवेश गर्नसक्ने बनाइएको छ ।
बैंकका व्यवस्थापक मनोज श्रेष्ठ शारिरिक अपांगता भएका व्यक्तिलाई बैंकमा सहजै आउजाउ गर्न र कारोबार गर्न मिल्ने गरी सहज बनाइएको बताउँछन् ।
हिमालयन बैंकको इटहरी शाखामा मात्रै नभएर आफ्नै भवन भएका काठमाडौंको कमलादी, पोखरा र वीरगञ्जका कार्यालय भवन पनि ह्विल चेयर अनुकुल बनाइएको उनले बताए ।
खाता पनि अपांगता अनुकुल
बैंकको भौतिक संरचनामात्रै नभएर शारीरिक अपांगता भएका र अशक्तहरुका लागि विशेष खाताको व्यवस्था गरिएको उनको भनाई छ ।
विशेष खातामा अरु भन्दा राम्रो व्याज र निशुल्क एससिटी डेबिट कार्ड दिइने गरेको उनले जानकारी दिए ।
बाणिज्य बैंकले अपांग सहायता डेस्क खोल्दै
बैंकको भौतिक संरचना अपांगता भएका व्यक्तिका लागि अनुकुल नभएको गुनासो बढ्न थालेपछि इटहरीस्थित राष्ट्रिय वणिज्य बैंकले आपंगता भएका व्यक्तिका लागि बेग्लै सहयोग डेस्क
स्थापना गर्ने भएको छ ।
इटहरी पूर्वमा रहेको टेग्रा खोलानजिकै रहेको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालयले आगामी १० माघबाट भुइँ तलामै सहायता डेस्क स्थापना गर्ने तयारी गरेको व्यवस्थापक दुश्यन्त निरौलाले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४