काठमाडौं – एमभी दुगड ग्रुपले नेपालमा थ्री ह्विलर्सको नयाँ मोडल पियाजियो एपे सिटि डिलक्सकोे सार्वजनिक गरेको छ। बिरगञ्जमा आयोजित एक कार्यक्रमका बीच ग्रुपले डिलक्सको सार्वजनिक गरेको हो।
उक्त नयाँ एपे सिटि डिलक्समा नयाँ ईन्जिन, पहिलेभन्दा अधिकतम बढी माइलेज, राम्रो ग्रेडिबिलिटि,आरामदायीका साथै स्पेसियस रयसको आकर्षक लुक्स रहेको छ।
कार्यक्रममा पियाजियो भेइकल्स इण्डियाका उपाध्यक्ष शुधान्सु अग्रवाल, एक्सर्पोट मेनेजर दिपककुमार, पियाजियोका हेड अफ अपरेशन विजय महतो र दुगड ब्रदर्स एण्ड सन्स्का जनरल मेनेजर वेद प्रकाश शर्माको उपस्थिति रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४