शुक्रबार, साउन २९, २०८३

१० बुँदे सहमतिपछि खुल्यो मलेसियाको रोजगारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाली कामदारका लागि मलेसियामा रोजगारी पुनः खुलेको छ।

रोजगारीका लागि सबैभन्दा बढी नेपाली पुगेको मलेसियामा  १५ महिनादेखि नेपाली कामदार जान पाएका  थिएनन्। बन्द रहेको मलेसियाको रोजगार नेपाल र मलेसियाका अधिकारी सम्मिलित प्राविधिक समितिको क्वालालम्मपुरमा बसेको संयुक्त बैठकले तत्काल खोल्ने गरी बिहीबार १० बुँदे सहमति गरेको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार मलेसियाको रोजगारी पुन: सुचारु भएको हो। उनी नेपाली पक्षको नेतृत्व गर्दै मलेसिया पुगेका थिए। मन्त्रालयका अनुसार मुख्य समस्याको रुपमा देखिएको स्वास्थ्य परीक्षणको विषयलाई मलेसिया सरकारले सम्बोधन गर्ने भएपछि रोजगारी खुल्ने भएको हो। अहिलेलाई पहिलेको ३६ वटा स्वास्थ्य संस्थाबाट काम गर्नेगरी सहमति भएको हो। मन्त्रालयमा सुचिकृत १२२ वटा स्वास्थ्य संस्थामध्ये बाँकी ८६ वटा संस्थालाई भने पछि सुचिकृत गर्दैजाने सहमतिमा रोजगारी खोलीएको हो। 

मंगलबारदेखि सुरु भएको बैठक तीन दिनसम्म चलेको थियो।
 
सहमतिसँगै दुई देशबीच २०७५ कात्तिक १२ गते सम्पन्न श्रम सम्झौता कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको मन्त्रालयले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्