शुक्रबार, साउन २९, २०८३

घट्यो सुनको मूल्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- मंगलबारदेखि ओरालो लागेको सुनको मूल्य बिहीबार पुनः घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई सय रूपैयाँ घटेको हो। बिहीबार छापावाल सुन प्रतितोला ७० हजार ८ सय रूपैयाँमा कारोवार भइरहेको छ । बुधबार भने छापावाल सुन प्रतितोला ७१ हजार रूपैयाँमा किनबेच भएको थियो।  

यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार यसकाे मूल्य ७० हजार ७ सय रूपैयाँ थियो । 

चाँदीको मूल्य पनि प्रतितोला ५ रूपैयाँ घटेको छ । बिहीबार प्रतितोला ८७५ रूपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार प्रतितोला ८८० रूपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार सोमबार प्रतितोला ७१ हजार ७ सय रूपैयाँमा कारोवार भएको छापावाल सुनको मूल्य मंगलबार ७१ हजार रूपैयाँ पुगेको थियो। बुधबार भने सुनको मूल्य स्थिर रहेको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्