शनिबार, असोज ३१, २०८३

फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) आज देखि सुरु भएको छ । सो एक्सपोको उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरे।

एक्स्पोको उद्घाटन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा.राजेशकाजी श्रेष्ठले फर्निचर व्यवसायलाई राज्यले संरक्षण र सहुलियत दिनुपर्ने बताए। सरकारले व्यवसायी मैत्री वातावरण बनाउन भन्दा पनि व्यवसायीलाई तर्साउने काम गरेको उनको आरोप छ। पहिले थुन्ने अनि पछि सुन्ने सरकारको नीतिले निजी क्षेत्र अघि बढ्न नसक्ने बताए । उनले निजी क्षेत्रले सरकारलाई विस्वास गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए।

नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष रुपेश प्रधानले कच्चा पदार्थको सहज उपलब्धता नभएका कारण मुलुकमा फर्निचर व्यवसाय फस्टाउन नसकेको बताए। 

दक्ष जनशक्तिको अभाव सँधै खड्किदा अन्य मुलुकबाट जनशक्ति आयातगर्नु पर्ने अवस्था आएको भन्दै उनले प्रोत्साहनमुखी ठोस नीतिल्याउन सरकारसँग आग्रह गरे। मुलुकभर १० हजार फर्निचर तथा फर्निसिङ व्यवसायी रहेको र ५ लाखभन्दा बढीले रोजगारी पाइरहेको भएपनि यो क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न नसकेको उनको गुनासो थियो। 

एक्स्पोमा स्वदेशीतथाविदेशी गरी १ सय २० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहेको छ । फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमामुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्