शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल क्रेडिट एण्ड कमर्स बैंकको वार्षिक साधारणसभा सम्पन्न

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको वार्षिक साधारणसभा सम्पन्न

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकको सोमबार राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को क्रमशः २० औं र २१ औं वार्षिक साधारणसभा सम्पन्न भयो।

उक्त सभामा प्रस्ताव गरिएको १५.८९ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको छ।

साथै सभाबाट पारित १५.८९ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्ता पूँजी  ८ अर्ब १३ करोड ३८ लाख ४० हजार ८ सय २२ पुग्नेछ।

हाल बैंकका ७ वटै प्रदेशमा गरी जम्मा १२० शाखा र ८६ वटा एटिएम सञ्चालनमा रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्