काठमाडौं-ओपोले नेपालमा ए सिरिज २०२० अन्तर्गत नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने घोषणा गरेको छ। सार्वजनिकको तयारीमा रहेका लोकप्रिय ए सिरिज अन्तर्गतका उत्पादनहरुमा “एनाइन २०२०” र “ए फाइभ २०२०” रहेका छन्।
सार्वजनिकको तयारीमा रहेका उत्पादनले उत्कृष्ट फोटोग्राफी दिनुका साथै यसमा सुन्दर डिजाइन र लामो समय टिक्ने ब्याट्री पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
ए सिरिज २०२० मा रहेको परिस्कृत ४८ एमपी अल्ट्रा वाइड क्वाड क्यामेरा, डुअल स्टेरियो स्पिकर्स र ५ हजार एमएएच अल्ट्रा ब्याट्री रहेको छ।
उत्पादनको सार्वजनिक गरिने मिति हालकालागि नतोकिएको भएतापनिख नजिकिँदै गरेको दशैंलाई लक्षित गर्दै फोन सार्वजनिक हुने सम्भावना प्रबल रहेको कम्पनीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४