काठमाडौं- जनता बैंकले नागार्जुन नगरपालिका वडा न. १, रानीवनस्थित नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको लागि रु. १ लाख ५० हजार सहयोग प्रदान गरेको छ।
बैंकका नायव प्रमुख कार्र्यकारी अधिकृत सुजित कुमार शाक्यले नागभुषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्थाका अध्यक्ष विष्णु कुमारी सिंखडालाई सोमबार उक्त रकमको चेक हस्तान्तरण गरे।
ईचंगुनारायण जग्गा एकिकरण आयोजनाभित्र करिव १.५ रोपनी क्षेत्रफलमा कलात्मक श्री नागभुषण महादेव मन्दिर र करिव २०० जना क्षमताको सत्संग भजनपाटी निर्माण गरिएको छ।
उक्त मन्दिर परिसरको थप भौतिक संरचना सुधार र निर्माणको लागि सहयोग स्वरुप संस्थागत सामाजिक उत्तरदायित्व अन्त्र्तगत उक्त रकम प्रदान गरेको हो।
जनता बैंकले हाल मुलुकभरमा १४२ शाखा ५० शाखा रहित बैकिंग १०८ एटिएम ३ एक्स्टेन्सन काउण्टर र १ सिमित बैकिंग इकाई मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४