शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बैंकहरुमा आरटीजीएस लागू, अब चेक काट्ने झन्झट हुने छैन

बैंकहरुमा आरटीजीएस लागू, अब चेक काट्ने झन्झट हुने छैन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम ९आरटीजीएस० लागू गरेको छ। गभर्नर डा। चिरन्जीवी नेपालले आरटीजीएस लागू गर्नु ठूलो उपलब्धि ठानेका छन् ।

बिहीबारबाट २८ वटै वाणिज्य बैंकहरुमा आरटीजीएस प्रणाली लागू भइसक्ने छ । र, आगामी पुसपछि विकास बैंक र फाइनान्स कम्पनीमा पनि लागू गरिसक्ने लक्ष्य राष्ट्र बैंकको छ । 

आरटीजीएस प्रणाली लागू भएपछि चेक नकाटीकनै अर्को बैंकको खातामा रकम पठाउन सकिने छ। 

अहिलेसम्म कसैलाई रकम दिनु छ भने अकाउन्टपेयी चेक काटेर दिने र सो चेक क्लियरेन्स गर्नको लागि कम्तीमा एकदेखि दुई दिनसम्म लाग्ने गर्थ्यो । तर यो प्रणाली लागू भइसकेपछि भने  एउटा बैंकको खाताबाट अर्को खातामा तुरुन्तै रकम स्थानान्तरण गर्न सकिनेछ । 

यसको लागि ग्राहकले आफ्नो खाता भएको बैंकमा गएर अर्को खातामा रकम ट्रान्सफर गरिदेउ भन्ने व्योहोराको फाराम भर्नुपर्छ । 

राष्ट्र बैंकका अनुसार यो सेवा रु। २ लाख भन्दा माथिको भुक्तानीका लागि ऐच्छिक रुपमा लागू हुनेछ भने रु। २० लाखभन्दा माथिको रकमका हकमा अनिवार्य गरिएको छ । 

नेपाल राष्ट्र बैंकले २०६३ को मौद्रिक नीतिमा नै आरटीजीएस लागू गरिने जनाए पनि कार्यान्वयनमा आएको थिएन । आरटीजीएस लागू भएपछि बैंकहरुलाई चेक बनाउने झन्झट हुँदैन भने ग्राहकलाई चेक काट्ने झन्झट पनि हुदैन । 

आरटीजीएसको कारोबार गरेवापत प्रतिकारोबार रु। १०  शुल्क लाग्छ भने बैकिङ समयपश्चात् भुक्तानी गर्नुपरेमा रु।१००  शुल्क लाग्ने राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्