शनिबार, चैत ११, २०७९

टीभीएस अपाचे आरटीआरको टूभी सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
काठमाडौं- टीभीएस मोटर कम्पनीले आफ्नो लोकप्रिय मोडल टीभीएस अपाचे आरटिआर १६० ‘टूभी’ रेस एडिसनलाई (नाडा) अटो शोमा सार्वजनिक गरेको छ।

टीभीएस अपाचे आरटीआर १६० टूभी रेस एडिसन टीभीएस रेसिङ्ग परम्पराको ३७ वर्षको महत्वपूर्ण र लोकप्रिय उपलब्धि रहेको कम्पनीको दाबी छ। यस बाइकलाई युवा पुस्ताहरुमा लक्षित गरिएको छ। अभूतपूर्व रेसिङ्ग डिकल्स, थ्रीडी लोगो, विभिन्न रङ्ग एवं स्पिड मिटरको नयाँ संरचनाले यो मोटरसाइकललाई स्टाइलिस ढाँचा प्रदान गरेको छ। 

यसैगरी उच्चग्रिप टायरहरुका साथ पांग्रामा भएको नयाँ पिन स्ट्राइपहरु, डबल डिस्क ब्रेकहरु तथा शक्तिशाली इन्जिनले बाइक चालकलाई रेसिङ्ग अनुभूतिमा नविनता दिने कम्पनीको विश्वास छ।
समारोहमा सम्बोधन गर्दै टीभीएस मोटर कम्पनी, अन्तर्राष्ट्रिय बिजनेसका कार्यकारी उपाध्यक्ष आर.दिलिपले नेपाल एक संवेदनशील बजार रहेको बताए। 

उनले टीभीएस अपाचे आरटिआर १६० टूभी रेस एडिसनले युवाहरु माझ टीभीएस मोटरका उत्पादनहरु प्रति थप उत्साह जगाउने विश्वास व्यक्त गरे। उनले भने, ‘गहन रेसिङ्ग परम्पराद्वारा समर्थन प्राप्त यो स्टाइलिस प्रिमियम मोटरसाइकलले नेपालका सबै बाइकिङ्ग शौखिनहरुलाई आकर्षित गर्नेछ।”

सोहीअवसरमा जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, ‘नेपालमा टीभीएस अपाचे आरटिआर १६० टूभी रेस एडिसन भित्र्याउन पाएकोमा हामी हर्षित भएका छौं। यो प्रिमियम ब्राण्डको बिक्री वितरण उत्कृष्ट बिक्री परामर्श र अत्याधुनिक बिक्री पछिको सेवा एवं स्पेयर्स सपोर्ट मार्फत् गरिनेछ। हामी निरन्तर सहकार्य गरिरहने छौं र नेपालमा टीभीएस मोटर कम्पनीलाई मजबुत टू–ह्वीलर ब्राण्ड बनाउने प्रतिबद्धता व्यक्तगर्दछौं।’

टीभीएस अपाचे आरटीआर १६० टूभी रेस एडिसनमा १५९.७ सीसीको सिंगल सिलिण्डर, ४ स्ट्रोक, एयर–कूल्ड इन्जिन जडान गरिएको छ र यसले ६५००(+ ३००) आरपिएममा १३.०३ एनएमको टर्कका साथ ८५०० आरपिएममा १५.१२ पिएसको अधिकतम शक्ति उत्सर्जन गर्दछ।

यसका अतिरिक्त मोटरसाइकलले शक्ति र वजनको उत्कृष्ट अनुपात प्रदान गर्दछ तथा ५.१५ सेकेण्डमा ०–६० किमि प्रति घण्टाको गति दिलाउँछ। टीभीएस अपाचे आरटीआर १६० टूभी रेस एडिसन सबै टीभीएस जगदम्बा शोरुमहरुमा उपलब्ध हुनेछ। यसको हालको बजार मुल्यरु.२ लाख ६४ हजार ९०० रहेको छ।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४

थप समाचार

मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो।

१२औं जनगणना प्रतिवेदन सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो 

अन्तिम जनगणनाअनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ र महिला १ करोड ४९ लाख ११ हजार २७ रहेका छन्।

६ महिनामा विदेश रोजगारीमा गएका ६१२ ले गुमाए ज्यान

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारमा गएका ६१२ जनाले ज्यान गुमाएको तथ्यांक बोर्डले सार्वजनिक गरेको हो।