शनिबार, चैत ७, २०८२

अफगानिस्तानबाट सैनिक फिर्ता लैजान अमेरिका तयार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
अफगानिस्तान - संयुक्त राज्य अमेरिकाले तालिबान लडाकु समूहसँग एउटा 'सैद्धान्तिक सहमति गर्दै २० हप्ताभित्र ५४ सय सैनिक फिर्ता लैजाने बताएको छ। वाशिङ्टनका एक वार्ताकारजालमाइ खलिलजादले एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा बहुप्रतीक्षित सहमतिको विस्तृत विवरण पहिलो पटक सार्वजनिक गरेका हुन्। यसबारे उनले अफगान नेताहरूलाई जानकारी गराइसकेका छन्।

तर उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सहमतिलाई अनुमोदन गर्नुपर्ने बताए।

यसैबीच उनको अन्तर्वार्ता प्रसारण भएपछि राजधानी काबुलमा एउटा ठूलो विस्फोट भएको छ। तालिबान समूहले सो आक्रमणमा आफ्नो संलग्नता भएको दाबी गरेको छ। विस्फोटमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने एक सय १९ मानिस घाइते भएका छन्। विदेशी सैनिकलाई लक्षित गरी आक्रमण गरिएको तालिबानले जनाएको छ।

विदेशीहरू बस्दै आएको एउटा भवनको परिसरमा बम विस्फोटन भएको थियो। तालिबानले त्यसमा सशस्त्र लडाकुहरू रहेको जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।