शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रवि लामिछाने जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पुगे

रवि लामिछाने जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पुगे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं–  पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन प्रस्तोता रवि लामिछाने चितवन जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत हेटौडा पुगेका छन्।

पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा जिल्ला अदालत चितवनमा मुद्दा चलाइएका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

लामिछाने र कँडेलले पाटन उच्च अदालतको हेटौंडा इजलासमा आफूहरुलाई धरौटी तिराउने जिल्ला अदालतको आदेश बेरितपूर्ण भएको भन्दै बदर गर्न माग गरेका छन् । 

लामिछानेको निवेदनमा आफूले आत्महत्या दुरुत्साहन नगरेकाले साधारण तारिखमा रिहा हुनु पर्ने र विदेश जान प्रतिबन्ध लगाउन नहुने जिकिर गरिएको छ।

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग लागेका लामिछाने र युवराज कँडेललाई जिल्ला अदालत चितवनले क्रमशस् पाँच र तीन लाख रुपैयाँ धरौटी मागेको थियो।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले सोही मुद्दामा पक्राउ परेकी अस्मिता कार्कीलाई भने सामान्य तारेखमा छोड्न आदेश दिएको थियो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।