शनिबार, जेठ २, २०८३

टेक्ससमा अन्धाधुन्द गोली प्रहार : पाँच जनाको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
एजेन्सी- अमेरिकाको टेक्सस राज्यमा एक जना बन्दुकधारीले अन्धााधुन्द गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ ।  

बन्दुकधारीले गाडीमा चढेर वरपरका मानिसहरूमाथि जथाभावी गोली प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । घटना टेक्सस राज्यका पश्चिमी सहरहरू ओडेसा तथा मिडल्याण्डमा भएको हो । 

ओडेसा नगरका प्रहरीका अनुसार सबभन्दा पहिले ती बन्दुकधारी पुरुषले उनको गाडी रोक्ने ट्राफिक प्रहरीलाई गोली हानेका थिए।

करिब ३० वर्षका ती बन्दुकधारीले त्यसपछि हुलाक सेवाको एउटा ट्रक खोसेर नजिकैको मिडल्याण्ड नगर आवतजावत गर्दै लगातार गोली प्रहार गरेको बीबीसीले जनाएको छ । 

प्रहरीका अनुसार ती बन्दुकधारीलाई सिनेमाघर नजिकै गोली हानेर मारेको छ । गोलीकाण्डको उद्देश्य खुल्न नसकेको जनाइएको छ । 

टेक्ससमा लगातार गोलीकाण्ड

टेक्ससको एल पासो नगरमा ठीक चार साता अगाडि पनि गोलीकाण्ड भएको थियो।

सो गोलीकाण्डमा २२ जना मारिएका थिए।

उक्त घटना टेक्ससका लागि ूइतिहासकै सबैभन्दा घातक दिनमध्येको एक रहेकोू टेक्ससका गभर्नरले बताएका थिए। सो घटनामा संलग्न भएको भन्दै प्रहरीले एक २१ वर्षीय युवालाई हिरासतमा लिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।