काठमाडौं- जम्मू-कश्मिर प्रकरणले भारत-पाकिस्तान सम्बन्ध तनावपूर्ण बनिरहेका बेला पाकिस्तानी विदेशमन्त्री शाह मुहम्मद कुरैशीले शनिबार भारतसँग स-शर्त वार्ताको प्रस्ताव गरेका छन् ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीलाई उध्दृत गर्दै विदेशमन्त्री कुरैशीले भनेका छन्, ‘पाकिस्तानले भारतसँग द्विपक्षीय वार्ताका लागि कहिल्यै नकारेको छैन । पाकिस्तान अहिले पनि भारतसँग वार्त गर्न तयार छ । तर, भारतले नै वार्ताको माहोल बनाएको छैन ।’
उनले भारत-पाकिस्तान वार्तामा तेस्रो पक्षले मध्यस्थता गर्छ भने पनि आफूलाई खुसी लाग्ने उनले बताए ।
उनले वार्ताका लागि केही शर्त राखेका छन् । उनले भनेका छन्, ‘यसका लागि भारतले कश्मिरमा नजरबन्द गरेका नेतालाई रिहा गर्नुपर्नेछ ।’
भारतले भने यसअघि नै पाकिस्तानसँग वार्ताका लागि शर्त राखिसकेको छ । उसले ‘आतंकवादविरुद्ध कडा कारवाही’ गरे मात्रै पाकिस्तानसँग वार्ता गर्न सकिने बताएको छ ।
भारतले जम्मू कश्मिरमा धारा ३७० र ३५ ‘ए’ हटाएपछि पाकिस्तानले यसको विरोध गरिरहेको छ । त्यसयता भारत-पाकिस्तान सम्बन्ध चिसिएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४