आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • महाराष्ट्रः केमिकल उद्योगमा विस्फोट, कम्तीमा १२ को मृत्यु, ५८ घाइते

महाराष्ट्रः केमिकल उद्योगमा विस्फोट, कम्तीमा १२ को मृत्यु, ५८ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भारत, महाराष्ट्र राज्यको धुले जिल्लाको वघाडीस्थित एक केमिकल उद्योगमा सिलिण्डर विष्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु हुनाका साथै ५८ जना घाइते भएका छन् । 

विष्फोटबाट उद्योगमा भीषण आगलागी भएको छ, त्यसबेला उद्योगमा १०० जना मजदुर कार्यरत रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । 

प्रहरीले मृतकको संख्या अझै बढनसक्ने बताएको छ । 

विष्फोटका कारण उद्योग वरपरका खेतामा काम गरिरहेका स्थानीय व्यक्ति पनि घाइते भएका छन् भने केही घरहरु भत्केको महाराष्ट्र टाइम्सले उल्लेख गरेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।