शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. आईएनएक्स मिडिया प्रकरणमा पक्राउ परेका भारतका पूर्व अर्थमन्त्री पी चिदम्बरमलाई सर्वोच्च न्यायालयले सीबीआई हिरासतमा पूर्पक्षका लागि आउँदो सेप्टेम्बर दुई तारिखसम्म राख्न आदेश दिएको छ। भारतको केन्द्रीय जाँच ब्युरो सीबीआईले उक्त प्रकरणमा चिदम्बरमलाई हिरासतमा अरु पाँच दिन राख्न माग गरेको थियो।

२. अमेरिकी सरकारले आफ्नो सुरक्षा चासोलाई संरक्षण गर्न अन्तरिक्षमा रक्षा मुख्यालय निर्माण गर्ने औपचारिक घोषणा गरेको छ। राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त मुख्यालयले अन्तरिक्षसंग जोडीएका सम्पूर्ण अमेरिकी सुरक्षा र प्रतिरक्षाबारे केन्द्रीय व्यवस्थापन गर्ने बताए। 

३. हङकङमा पृथकतावादी वकालत गर्दै आएका तीन जना विभिन्न राजनीतिक दलका नेताहरुलाई हङकङ प्रशासनले गिरफ्तार गरी राज्य विप्लब विरुद्धको मुद्दा लगाउने तयारी गरेको छ।

४. एसियाली विकास बैंकका अध्यक्ष ताकेहीको नाकाओले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छ। मोदीले दोस्रो कार्यकाल सुरु भएयता मुलुकको आर्थिक विकासलाई केन्द्रमा राखी आवश्यक तयारी तथा रणनीतिहरु निर्माण गर्दै आएका छन्। यस भेटले भारत र एसियाली विकास बैंकबीच दीर्घकालीन वित्तीय सम्झौता हुने अपेक्षा गरिएको छ।

५. जर्मन शहर फ्रान्क्फर्टको एक सरकारी वकिलको कार्यालयले दक्षिणपन्थी अतिवादी अर्थ बुझिने तस्विरहरु ह्वाट्सएपबाट सार्वजनिक गरेको आरोपमा एक प्रहरी अधिकृतको आचरणविरुद्ध छानबिन थालेको छ। 

६. पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग शान्ति वार्ताका लागि आफ्ना शर्तहरु सार्वजनिक गरेका छन्। उनका अनुसार यदि भारतले कश्मीरमाथि चालेको कदम फिर्ता लिनुपर्ने, जम्मुकश्मीर क्षेत्रमा तत्काल कर्फ्यु आदेश खारेज गर्नुपर्ने र सैन्य गस्ती बन्द गरी सेनालाई ब्यारेकमा फर्काउनुपर्ने शर्त छन्। यी शर्त पुरा भएमा दुईपक्षीय वार्तामा बस्न सकिने पाकिस्तानले जनाएको छ।

७. संयुक्त अरब एमिरेट्सले यमनमा गरेको आफ्नो कृयाकलापको बचाऊ गरेको छ। ती सम्पूर्ण कदमहरु आत्मरक्षाका लागि गरिएको भन्दै अरब गठबन्धन सेनाका विरुद्ध भएका सबै गतीविधिहरु प्रति जुनसुकै कदम चाल्ने संयुक्त अरब एमिरेट्सको विदेश मन्त्रालयले प्रष्ट्याएको छ।

८. चिनियाँ र अमेरिकी अर्थ–ब्यापार वार्ता टोलीहरुले प्रभावकारी परामर्श गरिरहेको जनाइएको छ। ती टोलीहरुले आउँदो सेप्टेम्बर महिनामा अमेरिकामै अर्को वार्ताको आयोजना गर्ने तयारी गरिरहेको दुबै देशका वाणिज्य मन्त्रालयले जनाएका छन्। 

९. भारत प्रशासित कश्मीर क्षेत्रको विशेषाधिकार खारेज गर्ने सरकारको निर्णयपछि गाउँलेहरूलाई यातना दिइएको आरोप भारतीय सेनामाथि लागेको छ। कश्मीरका केही गाउँलेहरूले उनीहरूलाई सुरक्षाकर्मीले विद्युतीय झट्का दिने अनि लौरो र तारले हान्ने गरेको बीबीसीलाई बताएका छन्।

१०. भारतीय सीमा सुरक्षा बलले चार जना बांग्लादेशी नागरिकलाई सीमा क्षेत्रबाट पक्राउ गरेको छ। उनीहरु गैरकानुनी ढंगले भारतीय भूमिमा घुसपैठ गरेको भारतीय पक्षले आरोप लगाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।