शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. इटलीमा राजनीतिक अस्थिरता लम्बिँदै जाँदा केही दलीय भागबण्डाका समस्याहरु देखिएका थिए तर विसेप कोन्तेले नयाँ सरकार बनाउने जनमत पाएपछि त्यो समस्या समाधानतर्फ गएको छ।

२. दक्षिण कोरियाले आर्थिक समृद्धिलाई मजबुद पार्न सन् २०२० को राष्ट्रिय बजेटमा आर्थिक वृद्धि र अन्तर्राष्ट्रिय व्यापारमा अभिवृद्धि गर्न रणनीतिक कदम चाल्ने तयारी गरेको छ।

३. हाल भैरहेको मध्यपूर्वका साझा समस्याहरुलाई समस्या गर्न कुवेत र इजिप्टका शीर्ष नेताहरुले भेटवार्ता गरेका छन्। उक्त भेटमा इजिप्टका राष्ट्रपति अलसीसी कुवेतको भ्रमणमा जाने तयारी गरिरहेका छन्।

४. अफ्रिकी मुलका नेताहरु  जापानको योकोहामा भेला भएका छन्। उक्त भेलामा अफ्रिकी विकासका साझा समस्या र समाधानका उपायहरुबारे अन्तर्राष्ट्रिय विकास नियोगहरुसँग छलफल गर्नेछन्।

५. अमेरिकाको वासिंटन राज्यमा होटेलमा बस्ने पाउनाहरुको कुनै पनि प्रकारको गोपनीयता भंग हुन नपाउने नयाँ सामाजिक कानुको बन्दोबस्त गरिएको छ।

६. इरानले आणविक सम्झौता नस्वीकार्ने अमेरिकी एजेण्डामा सहमत हुन नसक्ने जनाएको छ।

७. विवादास्पद पूर्व मलेसियाली प्रधानमन्त्री नजिब रज्जाकको  भ्रष्टाचार मुद्धामा आजदेखि सुनुवाई सुरु भएको छ। उनले ५ सय ५० मिलियन अमेरिकी डलर घोटाला गरेकोले त्यति नै विगो दाबी गरी सरकारले उनीविरुद्ध मुद्धा चलाइरहेको छ।

८. अस्ट्रेलियाबाट चीन निर्यात हुने गोमांशमाथि चीनले लगाउँदै आएको व्यापार कर द्वीपक्षीय छलफलपछि सामान्जस्य गर्ने निधो भएको छ।

९. चीनले आन्दोलनग्रस्त हङकङमा नयाँ सैन्य टुकडी पठाएको छ। बेइजिङले चाहेको जस्तो सुपुर्दगी सन्धीबारे एउटा विधेयकका विरुद्ध हङकङमा महिनौँदेखि आन्दोलन जारी छ।

१०. भारतको सर्वोच्च अदालतले जम्मुकश्मीर राज्यको विषेशाधिकार खोस्ने संघीय सरकारको निर्णयविरुद्ध दर्ता भएका निवेदनहरुको सुनुवाई गर्ने भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।