शुक्रबार, जेठ १, २०८३

ललितपुरको सेफ होस्टेलमा छापा, २२ बालिकाको उद्धार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं - ललितपुरको नख्खु कारागार नजिकै रहेको एक होस्टेलबाट प्रहरीले २२ बालिकाको उद्धार गरेको छ। गैरकानुनी रुपमा विनादर्ता सञ्चालनमा रहेको सेफ होस्टेलबाट बालिकाहरुको उद्धार गरिएको हो। असहायका लागि भनेर विना दर्ता सञ्चालनमा रहेको होस्टेलका बालिकाहरुलाई मापदण्ड विपरीत राखिएको उजुरीपछि उक्त होस्टेलमा प्रहरी, सीआइबी र बालबालिका खोजतलास केन्द्रले संयुक्त रुपमा बिहीबार छापा मारेको हो।

उद्धार गरिएका बालिकाहरुमध्ये ४ जना भारतीयसमेत रहेका महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष तामाङले जानकारी दिए। प्रहरीले होस्टेल सञ्चालक मोरङ लोडारीकी गोमा लिम्बुलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।