शनिबार, जेठ २, २०८३

हङकङमा चीनको नयाँ सैन्य टुकडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
बेइजिङ- चीनले आन्दोलन ग्रस्त हङकङमा नयाँँ सैन्य टुकडी पठाएको छ । बेइजिङले चाहेको जस्तो सुपुर्दगी सन्धिबारे एउटा विधेयकका विरुद्ध हङकङमा महिनौंदेखि  आन्दोलन जारी छ ।

उक्त बिधेयक पारित भएमा चीन र ताईवानमा पक्राउ आदेश जारी गरिएका तर हङकङमा लुकिछिपी बस्दै आएका अभियुक्तहरूलाई स्थानीय प्रशासनले पक्राउ गरी चीनलाई हस्तान्तरण गर्न सक्नेछ ।

आर्थिक–ब्यापारिक केन्द्र मानिने हङकङलाई मात्र हैन आन्दोलनका क्रममा पूर्वी  एसियाकै अर्थतन्त्रलाई ठूलो क्षति पुर्याएको छ । चिनियाँ अधिकारीहरुका अनुसार हङकङका खटिने सैन्य दस्ता बिहीबार नै त्यसतर्फ लाग्ने छन् ।

हुन त, चीनले आफ्नो जनमुक्ति सेना हङकङ पठाउनु कुनै नौलो कुरा होइन तथापि चीनस्थित पश्चिमी राष्ट्रका कूटनीतिक नियोगका प्रमुखहरूले चीनको अहिलेको कदमलाई सावधानीपूर्वक नियालिरहेका छन् ।

चीनले आफ्नो जनमुक्ति सेनाको गतिविधिलाई जतिसुकै वैधतापूर्ण बनाउने खोजे पनि पूर्व बेलायती उपनिवेश हङकङमा रहेका प्रशासनिक केन्द्रहरुलाई लक्षित गरी बिग्रँदो सामाजिक एवम् राजनीतिक स्थितिलाई नियमन र नियन्त्रण गर्न त्यहाँ सेना पठाइएको हो ।

सन् १९९७ मा बेलायतको उपनिवेशबाट मुक्त गरी चीनलाई हस्तान्तरण गरेपछि हङकङमा ‘एक राज्य, दुई प्रणाली’ अन्तर्गत चीनकै सम्प्रभूता र सार्वभौमिकता कायम रही आएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।