शनिबार, जेठ २, २०८३

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
संयुक्त अरब इमिरेट्समा दुई भारतीयलाई एक पाकिस्तानीले उद्धार गरेका छन्। ति दुई भारतीय नागरिक एक ट्रावल एजेण्टको फन्दामा परेर बिचल्लीमा परेका थिए। उनीहरुको त्यस्तो हालत देखेर एक पाकिस्तानी शिक्षकले उनीहरुलाई सक्दो सहयोग गरी मानवियता प्रकट गरेका छन्। 

पाकिस्तान र चीनले रक्षाक्षेत्रमा दुई पक्षीय सम्झौता गरेका छन्। पाकिस्तानको रावलपिण्डीस्थित सैनिक मुख्यालयमा चाइनिज जर्नेल जुकिलिङ र पाकिस्तानी समकक्षीद्वारा उक्त सम्झौतामा हस्ताक्षर भएको हो। 

इरान र अमेरिकाबीच शान्तिवार्ता अघि बढ्ने सम्भावना देखिएको छ। इरानी राष्ट्रपति हसन रुहानीले शान्तिवार्ताका लागि इरान तयार रहेको तर अमेरिकाले लगाएका इरानविरुद्धका सबै नाकाबन्दीहरु उक्त शान्तिवार्ता अघि फूकुवा गर्नुपर्ने प्रस्ताव गरेका छन्।

मलेसियाका पूर्वप्रधानमन्त्री नजिव रजाकविरुद्धका सबै आरोपहरु तयार भएको त्यहाँको उच्च अदालतले जनाएको छ। नजिवलाई अप्राकृतिक यौन दुराचार गरेको र आफू सत्तामा हुँदा अख्तियार दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको आरोप छ। 

टर्कीले दोश्रो खेपको रसियाबाट एस–४०० प्रतिरक्षा प्रणाली आयात गरेको कुरा टर्कीस रक्षा मन्त्रालयले जनाएको छ।

बेलायतले फाईभ–जी प्रविधिलाई ग्रामिण क्षेत्रमा विस्तार गर्ने योजना प्रस्तुत गरेको छ। 

ब्राजिलको अमेजन क्षेत्रको डढेलो नियन्त्रण गर्न ब्राजिल नै सक्षम रहेको त्यहाँको सरकारले बताएको छ। 

इरानको न्यायालयले इरानविरुद्ध विदेशी एजेन्सीहरुका लागि गुप्तचरी गरेको आरोपमा तीन इरानी नागरिकविरुद्ध देशद्रोहको मुद्दा लगाएको छ। 

अफगानिस्तानको वादघिसमा एक सैन्य जाँच चौकीमाथि तालिवान लडाकुहरुले आक्रमण गर्दा ८ अफ्गान सैनिकको मृत्यु भएको छ। 

इन्डोनेसियाको राजधानी बोर्नियो टापुमा सारिने इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोले जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।