शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. चालु जी–सेभेनको बैठकका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच भेटवार्ता भएको छ। भेटका अवसरमा जम्मु–कश्मीरको मुद्दालाई लक्षित गर्दै ट्रम्पले मोदीलाई भारतले आफ्नो आन्तरिक समस्या सुल्झाउन आँफै सक्षम भएको बताएका छन्।

२. इरानी विदेशमन्त्री मोहम्मद जावेद जरिफ जी–७ सम्मेलनमा सहभागी भएका छन्। फ्रान्समा आइतबार सुरु भएको सात राष्ट्रको सम्मेलनमा जरिफ सहभागी भएको बीबीसीले जनाएको छ। बैठकमा जरिफ सहभागी भएपछि अमेरिकी टोली आश्चर्यमा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

३. न्यूजिल्याण्डका सभामुखको एउटा भिडियो अहिले सोसल मिडियामा भाइरल भइरहेको छ। जसमा उनले एकजना शिशुलाई बोतलबाट दुध खुवाउँदै गरेको देखिन्छ।

४. अगस्त २४ देखि धनाढ्य मुलुकहरुको ‘क्लव’ मानिने ‘जी–सेभेन’ समूहको शिखर बैठक सुचारु ढंगले चलिरहेको छ। समकालीन विश्वका अल्पकालिन एवं दीर्घकालीन साझा सरोकारका बिषयहरुबारे छलफल र समीक्षा गर्न हरेक वर्ष ‘जी–सेभेन’ समूहको शिखर बैठक बस्ने गर्दछ। विश्वव्यापी सरोकारका साझा मुद्धा र चुनौती विविध प्रकारका असमानता विरुद्ध लक्षित रहेका छन्। 

५. पेरिस सेन्ट जर्मन (पिएसजी)का युवा स्टार खेलाडी केलिएन एमबाप्पे एक महिना मैदान बाहिर रहने भएका छन्। आइतबार राती टुलुजविरुद्धको खेलमा घाइते भएका एमबाप्पे तीनदेखि चार हप्तासम्म मैदान बाहिर रहन सक्ने फ्रेन्च मिडिया फुटबल न्युजले जनाएको छ।

६. जी–सेभेनको बैठककले युक्रेन र रसियाबीचको सम्बन्धलाई मजबुद बनाउने क्रेमलिनको अपेक्षा रहेको छ। सन् २०१४ मा युक्रेनको क्राइमिया क्षेत्र रुसको नियन्त्रणको नियन्त्रणमा गएपछि क्रेमिलन र किएभबीचको सम्बन्ध चिसिएको छ।

७. अतिवादी आईएसलाई नियन्त्रण गर्न टर्किस प्रधानमन्त्री इर्दोगानले अब छिट्टै युफ्रेटिस नदिको पूर्वी किनारातर्फ सैन्य कारबाही सुरु हुने बताएका छन्।

८. दक्षिणी रुसमा रुसी संघका सेनाहरुले सैन्य अभ्यास सुरु गरेका छन्। ८ हजार दुईसयको संख्यामा रहेका सैन्य दस्ताले सैन्य अभ्यास सुरु गरेका हुन्। पूर्वोत्तर युरोपमा भएको अमेरिकी गठबन्धनका सैनिक गतिविधि बढ्दै गएका कारण रुसले यस प्रकारको गतिविधि थालेको हो।

९. चीनले स्याण्डौँ ज्यान्सु, ग्वाङ्सी, हवेई, युनान र हेलङ्जियाङलाई फ्रि ट्रेड जोन घोषणा गरेको छ। चीनले आर्थिक एवम् सामाजिक खुलापनलाई विश्व समुदायसँग जोड्नका लागि यस्तो कदम चालेको बताइएको छ।

१०. अमेरिकाले हालको विश्वमा भएका कुनै पनि सामाजिक राजनीतिक दुर्घटनालाई नजरअन्दाज नगर्न विश्वका अरु शक्तिशाली मुलुकलाई अनुरोध गरेका छन्। विशेषतः शक्ति राष्ट्रहरुले हाल भोग्दै आएका सामाजिक उथलउपथलका सम्भावित समस्याहरुलाई झेल्न विद्यमान सबै उपायहरु विफल भइरहेको अवस्थामा अमेरिकाको यस्तो सुझाव आएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।