शनिबार, चैत ७, २०८२

जी–७ बैठकमा इरानी विदेशमन्त्री पुगेपछि...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- इरानी विदेशमन्त्री मोहम्मद जावेद जरिफ जी-७ सम्मेलनमा सहभागी भएका छन् ।

फ्रान्समा आइतबार सुरु भएको सात राष्ट्रको सम्मेलनमा जरिफ सहभागी भएको बीबीसीले जनाएको छ । बैठकमा जरिफ सहभागी भएपछि अमेरिकी टोली आश्चर्यमा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

जी-७ (ग्रुप अफ सेभेन) संसारका सबैभन्दा ठूला अर्थतन्त्र भएका सात राष्ट्रको संघ हो । यसमा अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान र यूके आबद्ध छन् । 

अमेरिकाले सन् २०१५ मा इरानको आणविक गतिविधिलाई सीमित गराउनेसम्बन्धी सम्झौता फिर्ता हुने निर्णय गरेपछि यी दुई देशबीचको सम्बन्ध बिग्रिएको छ । त्यसयता अमेरिकाले इरानमाथिको आर्थिक प्रतिबन्ध कडा पारेको छ भने इरानले त्यसको प्रतिउत्तरमा पारमाणिक गतिविधि बढाइरहेको छ । 

अमेरिका र इरानबीच तनाव बढिरहेका बेला इरानी विदेशमन्त्री जी-७ बैठकमा सहभागी हुनुलाई अर्थपूर्ण ठानिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।