१. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्समा हुन लागेको जी–सेभेनको शीर्ष बौठकमा भाग लिंदैछन्।
उनले यस क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसंग द्विपक्षीय भेटवार्ता गर्न सक्ने ठानिएको छ। उनले कश्मीर मुद्दामा चर्चा गर्ने आँकलन गरिएको छ। विश्वका सात धनी मुलुकहरुको यस समूहको बैठकमा भारत विशेष आमन्त्रित सदस्यको हैंसियतमा सरिक हुँदैछ।

२. जम्मू–कश्मीरको झण्डा खारेज भएको छ। यसअघि विशेषाधिकार रहेको उक्त प्रान्तमा भारतले विशेषाधिकार खारेज गरिदिएपछि झण्डा र छाप परिवर्तन भएका हुन्।
भारतीय संविधानको धारा ३७० का जम्मु–काश्मिरलाई सम्बोधन गर्ने दफाहरु खारेज गरिएपछि अलग संविधान पनि स्वत खारेज भएको छ। अब त्यहाँ जम्मु–काश्मिरले प्रचलनमा ल्याएको आफ्नो छुट्टै झन्डा पनि खारेज भएको छ।

३. इक्वेडोरको अमेजन क्षेत्रमा शनिवार सेसना–१८२ हवाई जहाज दुर्घटना भएको छ। दुर्घटनामा चार जनाको मृत्यु भएको छ। नागरिक उड्डयन अधिकारीहरुका अनुसार विमानमा चालक लगायत तीन यात्री थिए। सबैको मृत्यु भएको पुष्टि भएको छ।

४. खोजीको दुनियाँँमा क्रान्तिकारी परिवर्तन ल्याउने इन्टरनेट सर्च ईन्जिन गूगलले आफ्ना कर्मचारीहरुका लागि एक दिशानिर्देश जारी गरेको छ।
त्यस अन्तर्गत उसले आफ्ना कर्मचारीहरुलाई आपसमा राजनीतिक या अन्य मुद्दामा छलफल बहस गर्नुको साटो आफ्नो जिम्मेवारीमा ध्यान केन्द्रित गर्न अनुरोध गरेको छ। यदि यस निर्देशिका उलंघन भएमा कुनै पनि कर्मचारीलाई अनुशासनको कारबाही गरिने जनाइएको छ।

५. पाकिस्तानको सर्वोच्च न्यायालयले पूर्व प्रधानमन्त्री नवाज शरीफलाई चुनाव भाग लिँदा आफ्नो सम्पत्ति विवरण घोषणा नगरेको र गलत विवरण पेश गरेको आरोप लगाएको छ जुन पाकिस्तानमा एउटा राजनितिक व्यक्तिका लागि अत्यन्तै ठूलो आरोप हो। अदालतले अगाडि भनेको छ कि शरिफ संविधानको धारा ६२(१ एफका मुताबिक जनप्रतिनिधि ईमानदार ठहरिन सक्दैनन्।

६. उत्तरी इराकमा आईएस विद्रोहीले मोर्टार प्रहार गर्दा पाँच जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएका छन्। इराकको किर्कुक क्षेत्रमा विगत लामो समयदेखि इस्लामिक स्टेटका लडाकूहरुले आफ्नो आधार इलाका दाबी गर्दै आएका छन्। उक्त क्षेत्रमा आईएसविरोधी कुनै पनि घटना असह्य हुने आईसले चेतावनी दिएको छ।

७. फ्रान्समा जारी जी–सेभेनको शीर्ष बैठकमा इरानको आणविक सम्झौताबारे संयुक्त पहलमा साझा हुन सकेन। उक्त मुद्दामा जी–सेभेनका एउटा प्रमुख घटक अमेरिकाले निरन्तर असहमति जनाएपछि बाँकी सदस्य राष्ट्रहरुले पनि इरानप्रति सहानुभूति राख्न नसकेको रक्षा विज्ञहरुले बताएका छन्।

८. इजरायलले आफ्नो क्षेत्रमा हवाई आक्रमण गरी सैनिक अखडामाथि क्षति पुर्याएको भन्ने समाचार झुठो भएको प्रष्ट पारेको छ। विगत केही समययता इजरायलले सिरीया र इरानमा रहेका इजरायल विरोधी अतिवादी लडाकूहरुका तालिम केन्द्रहरुलाई लक्षित गरी हवाई हमला गरिरहेको छ।

९. अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा एक आतंकवादी समूहमाथि संयुक्त आक्रमण गरी उनीहरुको तालिम तथा बन्दोवस्तीका सबै सामग्रीहरु ध्वस्त पारिएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन्।

१०. उत्तरी एसियाको अन्तर्राष्ट्रिय व्यापार केन्द्रका रुपमा विकास गर्नका लागि चीनको हुन्चुन सहरमा एक विशाल आन्तरिक बन्दरगाहको निर्माण सुरु गरिएको छ। उक्त परियोजनाको क्षेत्रफल ८५ हेक्टर रहेको र हुन्चन रेल्वे बन्दरगाहको अत्यन्तै समीपमा रहेका कारण व्यापारिक प्रयोजनका वस्तुहरु ओसारपसार गर्न सहजता हुने बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४